काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल ‘इन्स्पायर’को वेबसाइट सार्वजनिक गरेका छन्। वेबसाइटमार्फत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधि र भूराजनीतिसम्बन्धी विषयमा अध्ययन अनुसन्धानका निष्कर्ष तथा नीतिगत बहस सार्वजनिक गरिने भएको छ। इन्स्पायरका अध्यक्ष विष्णु रिमालका अनुसार प्रतिष्ठानले नेपालले सामना गरिरहेका विभिन्न चुनौतीको अध्ययन अनुसन्धान गर्दै नीतिनिर्माता र विषयविज्ञलाई