कांग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउँछौँ : डा. फिर्दोस आलम

  • बिहीबार २९ असो २०८३ ०९:४८ AM
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा.मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउने बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएपछि उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका हुन् । उनले नवनिर्वाचित सभापति गगनकुमार थापा पार्टी र देशको आवश्यकता बुझ्ने सक्षम तथा गतिशील नेतृत्व भएको बताए । थापाले सबैलाई