रत्नपार्कको फुटपातमै दशैंका लागि नयाँ नोटको साटासाट

  • बिहीबार २९ असो २०८३ ०९:४६ AM
बडादशैं नजिकिएसँगै राजधानीको मुख्य व्यापारिक तथा व्यस्त क्षेत्र रत्नपार्क वरपर नयाँ नोट साट्नेहरूको चहलपहल बढेको छ । नेपाल राष्ट्र बैंक तथा अन्य वाणिज्य बैंकहरूले नयाँ तथा सुकिला नोट वितरणको व्यवस्था मिलाए पनि सर्वसाधारणहरू लाइन बस्ने झन्झट छल्न फुटपातमै पुगेर नोट साटिरहेका छन् । रत्नपार्कको सडक किनारमै बसेर व्यवसायीहरूले कमिसन लिएर ५, १०, २०, ५० र