लक्ष्मी सनराइज क्यापिटलले ११ प्रतिशत नगद लाभांश दिने

  • बिहीबार २९ असो २०८३ ०८:४८ AM
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न १६औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित गरेको