कञ्चनपुर : भारततर्फ लैजाँदै गरेका २५ जना बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बनबासा नाकाबाट फिर्ता गरेको छ। बिहीबार बिहान हुम्लाको सिमकोट गाउँपालिकाका १० वर्षमुनिका २५ जना बालबालिकालाई एसएसबीले फिर्ता गरेको हो।कञ्चनपुरका प्रहरी नायब उपरीक्षक( डीएसपी) टेकहादुर राउतका अनुसार ती बालबालिका अहिले गड्डाचौकी प्रहरीको सम्पर्कमा छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइँदै गरेको उनले जानकारी दिए।बालबालिकालाई भारततर्फ लैजानुको कारणबारे अनुसन्धान भइरहेको डीएसपी राउतले बताए।