काठमाण्डु- गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित हिमाली क्षेत्रमा गएको हिमपहिरो र ठूलो भूस्खलनपछि बुढीगण्डकी नदीमा आएको भीषण बाढीले जनधन तथा भौतिक संरचनामा व्यापक क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को स्थिति प्रतिवेदन नम्बर ३ अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ५०८ जनाको उद्धार गरिएको छ भने ६ जना अझै बेपत्ता छन्। असोज