काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने कांग्रेस मिडिया सेन्टरलाई जानकारी दिएका हुन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति र महामन्त्रीको मतगणना सम्पन्न भइसकेको छ । सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको भने विभिन्न समूहको सकिँदा अन्य समूहको मतगणना धमाधम भइरहेको छ । निर्वाचन समितिले मतगणनालाई तीव्रता दिएसँगै बाँकी परिणाम समेत आजै सार्वजनिक गर्ने तयारी गरेको हो । सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । कूल खसेको ७ हजार ... The post कांग्रेस महाधिवेशन : सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने appeared first on Kalika Khabar.