प्राधिकरणको निर्देशन : दसैँ, तिहार र छठमा देशभरका विमानस्थल सफा र चुस्त बनाउनू

  • बिहीबार २९ असो २०८३ ०६:२५ AM
काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरका विमानस्थलको सञ्चालन, व्यवस्थापन, सरसफाइ र यात्रु सेवा सुविधामा विशेष ध्यान दिन निर्देशन दिएको छ। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल तथा देशभरका विभिन्न आन्तरिक विमानस्थल कार्यालयलाई यस्तो निर्देशन पठाएको हो। प्राधिकरणको प्रधान कार्यालयअन्तर्गत विमानस्थल योजना तथा सुविधासम्बन्धी विभागले