गोरखा । बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट एक हजारभन्दा बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक रहेका छन् । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा रहेका