दृष्टिविहीनका व्यथादेखि बाढीको त्राससम्म: ‘मिट माई मिनिस्टर’मा सिता बादीसँग बालबालिकाका चोटिला प्रश्न

  • बिहीबार २९ असो २०८३ ११:०९ AM
काठमाडौँ । ‘हामी त सानै छौँ, के नै बुझेका होलान् र भन्ठान्नुभएको थियो होला, तर तपाईँहरूका प्रश्न र चासोले सिङ्गो मन्त्रालय र देशका नीति निर्मातालाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ,’ महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले कार्यक्रमको प्रारम्भमै बालबालिकाका जिज्ञासा सुनेसँगै मुस्कुराउँदै भनिन् । राजधानीमा आयोजित बालबालिका र नीति निर्माताबिचको प्रत्यक्ष संवाद कार्यक्रम ‘मिट माई मिनिस्टर’ केवल औपचारिकता र भाषणमा सीमित रहेन । कार्यक्रमका सहजकर्ता आशुतोष कार्कीले स्वागत गर्दै बालबालिकाले दुई दिनसम्म गरेका गहन छलफल, बाल हिंसाविरुद्धका आयाम र ‘युएनसीआरसी’ प्रतिवेदनका विविध पाटोबाट निस्किएका निष्कर्षबारे मन्त्री र उपस्थित अधिकारीलाई जानकारी गराएका थिए । मञ्चमा मन्त्री सिता बादीका साथै मन्त्रालयका सचिव र उच्च अधिकारी बालबालिकाका सोझै, तीखा र सोधेका प्रश्नको सामना गर्न उपस्थित थिए । बालबालिकाले शिक्षा, अपाङ्गता, बजेटमा सहभागिता, बाल हिंसा, जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता (एआई) र समाजमा व्याप्त प्रत्यक्ष तथा अप्रत्यक्ष विभेदजस्ता विषयमा मन्त्रीलाई प्रश्नको घेरामा पारेका थिए । दृष्टिविहीन बालबालिकाको सकस र एआईको बहस संवादको पहिलो प्रहार गर्दै बाल अधिकार सम्बन्धी पैरवीकर्ता तथा उत्प्रेरक कन्हैया कुमार साहले तथ्याङ्कसहित समावेशी शिक्षाको फितलो कार्यान्वयनमाथि प्रश्न उठाए । उनले दृष्टिविहीन बालबालिकाको शिक्षामा पहुँचको दारुण चित्र प्रस्तुत गर्दै भने: ‘अन्य बालबालिकाको विद्यालय उपस्थिति दर ७० प्रतिशतभन्दा माथि छ, तर हाम्रा दृष्टिविहीन बालबालिकाको उपस्थिति १० प्रतिशतभन्दा पनि कम छ । देशका ७७ जिल्लामध्ये केवल ५३ जिल्लामा मात्र दृष्टिविहीनका लागि विद्यालय वा स्रोत कक्षा छन् । ऐन–कानुनले सबैलाई आफ्नै ठाउँमा पढ्न पाउने हक दिए पनि व्यवहारमा समावेशी शिक्षा किन पुग्न सकेन