सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान, कात्तिक ९ देखि १० दिनको समय

  • बिहीबार २९ असो २०८३ ०५:५० AM
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । असोज २६ गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेदेखि लागू हुने गरी १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको हो । समितिका सचिव तुलबहादुर कँडेलले उक्त निर्णयबारे जानकारी दिएका हुन् । निर्णयअनुसार प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेदेखि उजुरी दिन सकिनेछ । उजुरी दिने अन्तिम मिति कात्तिक १९ गतेसम्म तोकिएको छ । समितिका सभापति बोधनारायण श्रेष्ठले न्याय परिषद्को पत्राचारअनुसार सुनुवाइ प्रक्रिया अघि बढाउँदै प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय ... The post सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान, कात्तिक ९ देखि १० दिनको समय appeared first on Kalika Khabar.