काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् अमरेशकुमार सिंहले दुईतिहाइ बहुमत हुँदैमा सरकारले गर्ने हरेक निर्णय सही नहुने टिप्पणी गरेका छन् । राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले प्रश्न उठाएको सन्दर्भमा उनले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सिंहले राजदूत नियुक्तिजस्तो संवेदनशील