कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

  • बिहीबार २९ असो २०८३ ०६:०४ AM
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विराटनगर शाखामार्फत अस्पताललाई उक्त उपकरण हस्तान्तरण गरेको हो । अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ, सुरक्षित र चिसो पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले सहयोग गरेको