दसैं नजिकिएसंगै बालाजु बसपार्कबाट उपत्यका छाड्नेहरूको भिड

  • बिहीबार २९ असो २०८३ ११:०० AM
काठमाडौं : नेपालीहरूको महान् पर्व बडादसैं नजिकिएसंगै काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको छ। आज (दसैंको पाँचौँ दिन) दसैं मनाउन गाउँ फर्किने यात्रुहरूको बिहानैदेखि गँगबुस्थित नयाँ बसपार्कमा भिडभाड छ।रोजगारी, अध्ययन तथा विभिन्न पेसा-व्यवसायका क्रममा उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू चाडपर्व नजिकिएसँगै आफ्नो गाउँ फर्किन थालेका हुन्। दसैंका लागि अग्रिम टिकट बुकिङ गरेका तथा तत्काल टिकट काटेर जान खोज्ने यात्रुहरूको  बसपार्क परिसरमा लामो लाइ