छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई ज्येष्ठ नागरिकको मृत्यु

  • बिहीबार २९ असो २०८३ ११:०० AM
विराटनगर : मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ। मोटरसाइकल र ट्याङ्करको ठक्करबाट घाइते भएका ज्येष्ठ नागरिक महिला र पुरुषको मृत्यु भएको हो।रंगेलीकी ७३ वर्षीया महिला र बूढीगंगाका ७२ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रंगेली नगरपालिका–१ बबियाबिर्तामा मोटरसाइकलको ठक्करबाट सुलेना साहको मृत्यु भएको छ। कर्सियाबाट बबियाबिर्तातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदल