सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो ‘कस्टमर ३६०’, अब अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न सकिने

  • बिहीबार २९ असो २०८३ ०४:२९ AM
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको व्यक्तिगत पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न ‘कस्टमर ३६०’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार यस पोर्टलमार्फत ग्राहकले आफ्नो केवाईसी विवरण अद्यावधिक गर्न, बीमालेखसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न तथा दर्ता भएका बीमा दाबीको अवस्था हेर्न सक्नेछन् । डिजिटल प्रविधिको प्रयोगमार्फत बीमासम्बन्धी सेवा सहज, सुरक्षित र