अब हुलाक सेवामार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड

  • बिहीबार २९ असो २०८३ ०४:३९ AM
काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अब हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा बुधबारदेखि यो सेवा सुरु गरिएको हो । हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले सेवाको शुभारम्भ गरेका हुन् । उनले हुलाक सेवामार्फत सिमकार्डसमेत प्राप्त गरेका थिए