काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अक्टोबर २७ मा हुने आम निर्वाचनअघि इरानमाथि आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन्।बुधबार इजरायली आर्मी रेडियोसँग कुराकानी गर्दै प्रधानमन्त्री नेतान्याहुले चुनावअघि इरानमाथि हमला गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे। यद्यपि, उनले चेतावनी दिँदै भने, 'यदि इरानले इजरायलमाथि आक्रमण गर्यो भने त्यसको कडा र निर्णायक जवाफ दिइनेछ।'प्रधानमन्त्री नेतान्याहुका अनुसार इरानले मिसाइल प्रहार गरेमा पनि उनका राजनीतिक विरोधीहरूले त्यसको जि