सरकारको स्टिमेट ३ करोड, निर्माण व्यवसायीले डेढ करोडमै २९ दिनमा बनाइदिए झोलुङ्गे पुल

  • बिहीबार २९ असो २०८३ ०२:४२ AM
नुवाकोट- गत भदौ १० गते आएको विनाशकारी हिमबाढीले त्रिशूली नदीमाथिको मोटरेबल पुल बगाएपछि नुवाकोटको त्रिशूलीबजार वारिपारिका बासिन्दाको जीवन कष्टकर बनेको थियो। पुल बगाएसँगै सदरमुकाम विदुरसँग जोड्ने सहज बाटो टुट्यो। बिरामीलाई अस्पताल पुर्‍याउन, बालबालिकालाई विद्यालय पठाउन, दैनिक उपभोग्य सामग्री ओसार्न र अत्यावश्यक कामका लागि वारिपारि गर्नसमेत स्थानीयले सास्ती खेप्नुपर्‍यो। कहिले तुइन, कहिले जिपलाइन त कहिले लामो