नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली (स्नेही) निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गरे भने अर्का उम्मेदवार नरेन्द्र पासवानले ७९६ मत पाए ।