जाजरकोटमा जिप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु, ३ घाइते

  • बिहीबार २९ असो २०८३ ०८:०० AM
जाजरकोट : जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बिहीबार बिहानै एक बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको क.प्र.०२००१ च १२४३ नम्बरको बलेरो जिप गैरीगुवास्थित भित्री सडक खण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। आज बिहान करिब २ बजेतिर जिप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटनामा परी जिप चालक जाजरकोट जुनिचाँदे गाउँपालिका–९ का २० वर्षीयका सन्त बहादुर बस्नेत र वडा नं. ३ स्यालाकी ३० वर्षीया बिपना भण