काठमाण्डु – जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बिहीबार बिहान बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको क प्र ०२००१ च १२४३ नम्बरको बलेरो जिप गैरीगुवास्थित भित्री सडक खण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जिप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।