लमजुङ कालिका : जहाँ देशवासीको कल्याणका लागि पूजा गरिन्छ

  • बिहीबार २९ असो २०८३ ०१:३३ AM
लमजुङ । बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समयसँगै पूजाको संकल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि र परम्परा भने निरन्तर छ । मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म गरिने विशेष पूजामा जनताको कल्याणको कामना गर्दै संकल्प गरिन्छ । ‘पहिले राजाको भलो