शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीनदिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। सरकारद्वारा सञ्चालित शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन र विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष एवं विद्यार्थीकेन्द्रित तुल्याउने उद्देश्यले मन्त्रालयले शिक्षा क्षेत्रका सरोकारवालासँग संवाद तथा कार्यशाला आयोजना गरेको हो। बजेटमार्फत अघि सारिएका शिक्षा सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा