कालीकोटमा गुडिरहेको फोर्स गाडीमा आगलागी, २१ यात्रु सकुशल

  • बिहीबार २९ असो २०८३ १२:४५ AM
कालीकोट : कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाडाचक्र–१, मान्ममा बुधबार गुडिरहेको फोर्स गाडीमा आगलागी भएको छ । आगलागीबाट गाडी र यात्रुका सबै सामान जलेर नष्ट भएका छन् । गाडीमा सवार तीन बालबालिकासहित २१ जना यात्रु भने सकुशल छन्