काठमाडौं : यस वर्षको मनसुन सरदर मितिभन्दा १२ दिन ढिलो गरी बुधबार नेपालका बाँकी भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सामान्यतया नेपालबाट अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ। तर, यस वर्ष अक्टोबर १४ मा मात्रै मनसुन पूर्ण रूपमा बाहिरिएको छ। पछिल्ला वर्षहरूमा मनसुन बाहिरिने क्रम क्रमशः ढिलो हुँदै गएको देखिएको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार विश्वव्यापी मौसम प्रणाली, तापमान वृद्धि तथा जलवायु परिवर्तनका कारण मनसुन बहिर्गमनमा प्रभाव परेको हो। &ls