सूर्यज्योति लाइफको ‘Customer 360’ डिजिटल पोर्टल सञ्चालनमा

  • बुधबार २८ असो २०८३ ११:५१ AM
काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरूको व्यक्तिगत पहिचान विवरण सहज, सुरक्षित तथा डिजिटल माध्यमबाट अध्यावधिक गर्ने उद्देश्यले ‘Customer 360’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ। कम्पनीको प्रणालीमा रहेका ग्राहकहरूको KYC विवरण अध्यावधिक गर्न, बीमालेखसम्बन्धी आवश्यक विवरण प्राप्त गर्न तथा कम्पनीमा दर्ता भएका दाबीहरूको अवस्था हेर्न Customer 360 उपयोगी हुने कम्पनीले जनाएको छ।