काठमाण्डु– एउटै संसदीय सुनुवाइ समिति, एउटै दिन र राजदूत नियुक्तिका विषयमा उठेका गम्भीर प्रश्न। तर निर्णय भने फरकफरक। मलेसियाका लागि प्रस्तावित चूडामणि खरेल र साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनारको नाम अस्वीकृत हुँदा जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नाम भने न अनुमोदन भयो, न अस्वीकृत। सुनुवाइ समितिले उनको नाम ‘होल्ड’मा राख्ने निर्णय लियो । बुधबार