बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ

  • बुधबार २८ असो २०८३ १०:४८ PM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगानी, निर्यात र रोजगारी सिर्जनामा रूपान्तरण गर्न नसकिएको बताएका छन् ।  बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रको वृद्धि सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले निजी क्षेत्रलाई लगानी गर्न स्थिर नीति, भरपर्दो कानुनी व्यवस्था र सहज प्रशासनिक वातावरण आवश्यक रहेको बताए ।  उनका अनुसार बैंकमा करिब १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहेको, वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिने र विद्युत् उत्पादन बढिरहेको अवस्थामा पनि निजी क्षेत्रतर्फको कर्जा तथा लगानी अपेक्षाअनुसार बढ्न सकेको छैन ।  उनले नेपालको आर्थिक वृद्धिदर छिमेकी मुलुकको तुलनामा सुस्त रहेको उल्लेख गर्दै उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताए । श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३