काठमाण्डु– अमेरिकी अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको गतिमा सीमा लगाएपछि रुसी सेनाविरुद्ध लडिरहेको युक्रेनी सेनाका विभिन्न सैन्य अपरेसन प्रभावित भएको छ। युक्रेनी अधिकारीहरूले इन्टरनेट कनेक्टिभिटीमा आएको अवरोधले ड्रोन सञ्चालन, सैन्य सामग्री ढुवानी र आक्रमणसम्बन्धी अभियानमा समस्या उत्पन्न गरेको बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार सेरही बेस्क्रेस्टनोभले बुधबार स्टारलिंकको गतिमा लगाइएको