कपिलवस्तुमा मन्दिरका घण्टी चोरी प्रकरण : चोरदेखि खरिदकर्तासम्म पक्राउ

  • बुधबार २८ असो २०८३ ०३:१८ PM
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित दुर्गा मन्दिरबाट घण्टी चोरी गरी भाँडा पसलमा बिक्री गरेको घटनामा चोरीमा संलग्न एक युवक र चोरीका सामान खरिद गरेको आरोपमा पसल सञ्चालक गरी दुई जना प्रहरी नियन्त्रणमा परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३५ थान पित्तलका घण्टी बरामद गरेको छ। शुद्धोधन गाउँपालिका–२, नौडिहवास्थित दुर्गा मन्दिरबाट गत असोज २६ गते घण्टी चोरी