युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले दसैं–तिहारको अवसरमा सेवाग्राहीका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत कात्तिक महिनाभर युआरएलको मुख्य कार्यालय तथा सबै शाखामा युरिक एसिड, मधुमेह वा रगतमा हुने खराब बोसो (ट्राइग्लिसराइड) मध्ये कुनै एक जाँच निःशुल्क गरिने भएको छ। युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले चाडपर्वको अवसरमा सेवाग्राहीलाई राहत दिने उद्देश्यले अफर ल्याइएको बताए।