हेलीले बोक्छ टनका टन राहत, वास्तविक पीडितलाई ठण्डाराम

  • बुधबार २८ असो २०८३ १०:०० PM
गोरखा : गत आइतबार चारबजे उङ्गिलुङ खोलामा सुख्खा पहिरो झर्‍यो। पहिरोले स्यारखोला थुनियो। एक्कासी खुल्दा बूढीगण्डकीमा अपूर्व बाढी चल्यो। चुमनुब्री गाउँपालिका-६ उङ्गिलुङको गोठमा बस्दै आएका भोम अजे लामा र उनका पति सोनाम लामा, सोनामकै दाजु कर्मा लामा, पेम दोर्जे र सोनाम भुटी बाढीमा बेपत्ता भए।उङ्गिलुङकै किनार, धाउलेमा बस्दै आएकी ७१ बर्षकी धाउले आमा र उनका दुई भाइ छोराहरू ङिमा दोर्जे र मिङ्मा छिरिङ त्यो भयानक पहिरो र बाढीको बीचमा परे। बिहान चारबजेदेखि बाढी र पहिरोको बीचमा फँसेका उनीहरुलाई १३