मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम संसदीय समितिबाट अस्वीकृत

  • बुधबार २८ असो २०८३ ०३:०५ PM
काठमाण्डु – मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम संसदीय सुनुवाइ समितिले बुधबार अस्वीकृत गरेको छ । समिति बैठकमा खरेलको नाममाथि प्राप्त उजुरीमाथि छलफल गरेर नामको अनुमोदन अस्वीकृत गरिएको हो । खरेलमाथि आर्थिक लेनदेन, म्यानपावर व्यवसायीसँगको सम्बन्ध र जग्गासम्बन्धी विवादका आरोप थिए । संसदीय सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले उनीमाथि प्रश्न उठाएपछि