काठमाडौँ । सम्यक् महादान मूल समारोह समितिले ५ वटा उपसमितिका संयोजक र सदस्यहरुका बिचमा तयारी बैठक गरेको छ । आज महानगरपालिकाको कार्यपालिका बैठक कक्षमा उपसमितिका सदस्यहरुका बिचमा परिचय, यस सम्पन्न काम, अब तत्काल गर्नु पर्ने काम, महादान हुने दिनसम्म गर्नु पर्ने काम र त्यसपछिका दायित्वका विषयमा उपसमितिका संयोजक तथा सदस्यहरुको भूमिकाका विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो । बैठकमा बोल्दै मूल समारोह समितिका प्रमुख संयोजक एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले महत्वपूर्ण काम गर्न लागिएको बताउँदै कामलाई सफलतापूर्वक सम्पन्न गर्न रातदिन काम गर्नु पर्ने भएको बताउनुभयो । ‘हामीसँग समय कम छ । रातदिन काम गरौँ । पर्वका नियमित तालिका अर्को वर्ष पनि आउँछन् । तर, महादानको तयारी अर्को वर्ष गर्नुपर्दैन । यसकारण यस वर्ष महादानका लागि जुटौँ ।’ उहाँले भन्नुभयो, ‘यसमा कसैलाई छुटाउने वा नियत छैन । यदि कसैलाई आफू छुटेको महसुस हुन्छ भने सचिवालयमा सम्पर्क राखेर आफ्नो भूमिका बताइदिन पनि अनुरोध छ ।’ डंगोलले सहभागिता र अपनत्वको विषय उठाउँदै भन्नुभयो, ‘महानगरपालिकाले निश्चित मात्र बजेट विनियोजन गरेको छ । यसले पुग्दैन हामीलाई थाहा छ । महानगरपालिकाको बजेट आधारभूत कामका लागि हो । यसबाहेक महादानलाई जीवन्त बनाउन र यसको मौलिक स्वरुप कायम राख्न दाताहरुको महत्वपूर्ण भूमिका हुन्छ । दान प्रदान गर्नाले नै परम्परा जीवन्त बन्छ । म यसका लागि पनि आग्रह गर्न चाहन्छु ।’ सम्यक् महादानलाई कार्यक्रमका रुपमा मात्र हेरेका छैनौँ । यसबाट सम्यक् गर्ने विधि र प्रक्रियालाई दस्तावेजीकरण पनि गर्दैछौँ । पुस्ताका लागि यो महत्वपूर्ण हुनेछ । डंगोलको भनाइ थियो । त्यस क्रममा मूल समारोह समितिका संयोजक प्रा