काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलको नाम अस्वीकृत भएको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अस्वीकृत गरेको हो । सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेका थिए।