संविधानमा समानता, व्यवहारमा विभेद: जातीय छुवाछुत अन्त्य गर्न कार्यान्वयनमै जोड

  • बुधबार २८ असो २०८३ ०७:३९ PM
काठमाडौँ । संविधानले समानता र दलित समुदायका अधिकार सुनिश्चित गरे पनि व्यवहारमा जातीय विभेद र छुवाछुत अन्त्य हुन नसकेको भन्दै त्यसका लागि संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । समृद्धि ग्लोबल फाउन्डेसनले आयोजना गरेको ‘संविधानमा समानता, व्यवहारमा विभेद : जातीय छुवाछुत अन्त्यका चुनौती र समाधान’ विषयक दसैँको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी वक्ताले दलित समुदायका अधिकार कार्यान्वयनमा राज्य गम्भीर हुनुपर्ने बताएका हुन् । कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, राष्ट्रिय दलित आयोगका सदस्य एवं प्रवक्ता सुन्दर पुर्कुटी, नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेश विश्वकर्मा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिकारकर्मी कमला हेम्चुरी, दलित जेनजी एलायन्सका संयोजक जीवन तिरुवा, राष्ट्रिय जागरण अभियान नेपालका संयोजक एवं जेनजी अभियन्ता जनक परियार, जेनजी अभियन्ता विवेक थापा तथा अधिकारकर्मी एवं अध्येता डा