काठमाडौं : सरकारले भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित प्रत्येक परिवारलाई ४५ हजारका दरले नगद राहत वितरण गरेको छ।बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई उक्त राहत रकम प्रदान गरिएको हो।विकास साझेदार संस्था विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरो नपर्ने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको छ। स्थानीय तहको समन्वय र सहकार्यमा पहिचान गरिएका प्रभावित परिवारहरूलाई नै रकम हस्तान्तरण भइरहेको हो। जसअन