काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत भएको चुनावको जारी मतगणनामा सहमहामन्त्री खसआर्यतर्फ मनोजमणि आचार्यले अग्रता लिएका छन् । सहमहामन्त्री खसआर्यतर्फ २ हजार ५०० मत गणना हुँदासम्म मनोजमणि आचार्यले ९१८ मत पाएका छन् । आचार्यलाई पछ्याइरहेका जगदीश्वर नरसिंह केसी ७८३ मतका साथ दोस्रो स्थानमा छन् । उम्मेदवारहरू दिनेश कोइरालाले ५०७ र शुभराम बस्नेतले १५६ मत पाएका छन्