साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय समितिबाट अस्वीकृत

  • बुधबार २८ असो २०८३ ०१:३७ PM
काठमाण्डु – संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत गरेको छ । प्रस्तावित राजदूत सुनारमाथि परेका महिला हिंसा, धम्की र पूर्वप्रेम सम्बन्धमा रहेकी महिलालाई दु:ख दिएको आरोप सम्बन्धमा बुधबार छलफलपछि समितिले नाम अस्वीकृत गरेको हो । सरकारले प्रस्ताव गरेको नामलाई संसदीय समितिले अनुमोदन गरेपछि मात्रै नियुक्त हुने व्यवस्था छ ।