काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको व्यक्तिगत पहिचान विवरण (केवाईसी) सहज, सुरक्षित र डिजिटल माध्यमबाट अद्यावधिक गर्ने उद्देश्यले ‘कस्टमर ३६०’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार उक्त पोर्टलमार्फत ग्राहकले आफ्नो केवाईसी विवरण अद्यावधिक गर्न, बीमालेखसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न तथा कम्पनीमा दर्ता भएका दाबीको अवस्था हेर्न सक्नेछन्। डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकलाई बीमासम्बन्धी विवरणमा सहज पहुँच प्रदान गर्नुका साथै सेवा प्रवाहलाई थप सरल, छिटो र प्रभावकारी बनाउने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीले आफ्ना सम्पूर्ण ग्राहकलाई ‘कस्टमर ३६०’ मा लगइन गरी आफ्नो व्यक्तिगत केवाईसी विवरण जाँच गर्न ... The post सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो ‘कस्टमर ३६०’ डिजिटल पोर्टल, ग्राहकलाई केवाईसी अद्यावधिक गर्न आग्रह appeared first on Kalika Khabar.