काठमाडौं। नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आर्थिक वर्ष २०८२/८३ को १५औँ वार्षिक साधारण सभा असोज २८ गते काठमाडौंमा सम्पन्न गरेको छ। सभाले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। सभाले लेखापरीक्षण प्रतिवेदनसहित २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत स्वीकृत गरेको छ। बोनस शेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ६७ करोड ७२ लाख ८८ हजार २०० पुग्नेछ। कम्पनीका अनुसार पुँजी वृद्धिबाट प्राप्त स्रोत राष्ट्रिय भुक्तानी प्रणालीहरूको विकास तथा विस्तार, राष्ट्रिय र अन्तरदेशीय कारोबारका लागि थप ... The post एनसीएचएलको १५औँ साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय appeared first on Kalika Khabar.