काठमाण्डु – सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ । सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले बुधबार मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’को शुभारम्भ गरे । सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नुपर्ने छैन ।