बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले नगद वितरण

  • बुधबार २८ असो २०८३ १२:५१ PM
काठमाण्डु – सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरेको छ । विकास साझेदार ‘विश्व खाद्य कार्यक्रम’ (डब्लुएफपी)ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई रकम वितरण गरिएको हो । स्थानीय तहसँगको समन्वय र सहकार्यमा स्थानीय तहले पहिचान