काठमाण्डु – सामाजिक सञ्जालमार्फत भ्रामक भिडियो, तस्वीर र सामग्री सार्वजनिक गरी चरित्र हत्या गर्न खोजिएको भन्दै नेकपा एमालेका ५ जना नेताले नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन् । अमेरिकी परियोजना एमसीसी लगायतका विषयलाई आवरण बनाएर पार्टीभित्र विग्रह र विभाजन ल्याउने उद्देश्यले आफूहरूलाई ‘विदेशीबाट परिचालित’ भएको आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबूकमा घृणा र द्वेष फैलाउने