काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रुपरेखा तयार पारेको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक उम्मेदवार छनोटका लागि रुपरेखा तयार पारिएको बताइएको छ । सम्बन्धित निर्वाचन क्षेत्रको जनअपेक्षा सम्बोधन गर्न सक्ने, स्थानीय आवश्यकतालाई राष्ट्रिय दृष्टिसँग जोड्न सक्ने र राष्ट्रिय नेतृत्वसँग