नयाँ दिल्ली : भारतको उत्तर प्रदेशस्थित मेरठको चर्चित ‘नीलो ड्रम’ हत्याकाण्डका मुख्य अभियुक्त मुस्कान रस्तोगी र उनका प्रेमी साहिल शुक्लालाई अदालतले मृत्युदण्ड (फाँसी) को सजाय सुनाएको छ।मेरठ जिल्ला अदालतका न्यायाधीश अरविन्द कुमार मिश्रको इजलासले पूर्व मर्चेन्ट नेभी अधिकृत सौरभ राजपूतको बीभत्स हत्या अभियोगमा दोषी ठहर गर्दै दुवै जनालाई फाँसीको सजाय सुनाएको हो।के थियो घटना? सन् २०२५ को मार्च महिनामा मेरठ निवासी सौरभ राजपूत अचानक बेपत्ता भएका थिए। प्रहरी अनुसन्धानका क्रममा