१० करोड भएको भए राजदूत पद चाहिँदैनथ्यो, लक्जरी लाइफ जिउँथेँ : प्रस्तावित राजदूत सुनार

  • बुधबार २८ असो २०८३ ०६:०० PM
काठमाडौं : साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन्। बुधबार बसेको संसदीय सुनुवाई समितिमा समिति सदस्यहरूले सुनारमाथि परेको महिला हिंसा, आर्थिक लेनदेन, जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विषयमा प्रश्न राखेका थिए।जवाफमा प्रस्तावित राजदूत सुनारले १३ वर्ष पहिले एक-अर्काबीच प्रेम सम्बन्ध रहेको र त्यस क्रममा विवाद भएर ललितपुर प्रहरी कार्यालयमा मिलापत्र भएको बताए। फोनमा कुराकानी भएको विषयलाई लिएर आफ्नो चरित्र हत्या गर्ने काम