पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न २४ जना कोरियाली नागरिक निष्कासित

  • बुधबार २८ असो २०८३ ११:५७ AM
काठमाण्डु- भिसाको उद्देश्यविपरीत कार्यमा संलग्न भएको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ । अध्यागमन विभागले उनीहरूको भिसा रद्द गर्दै प्रस्थान गरेको मितिले तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णय गरेको हो । विभागका अनुसार नेपाल बसाइ शंकास्पद देखिएको, आचरण संदिग्ध रहेको र प्राप्त भिसाको उद्देश्यविपरीत कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालय,