काठमाडौं । औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ । यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको